हराएको मोटरसाइकल सवारी धनीलाई
हराएका मोटरसाइकल खोजी गरी प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालयको मकवानपुरको टोलीले पाँचथरबाट हेटौँडामा लोकसेवा परीक्षा दिन आएका प्रकाशचन्द्र बस्नेतको हराएको मोटरसाइकल फेला पारी उनलाई बुझाएको हो । फागुन २० गते हेटौँडा–५ पिप्लेबाट को१प १७९ नंको मोटरसाइकल हराएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बस्नेतले दिएको निवेदनका आधारमा खोजी गर्दा हेटौँडा–१० स्थित भुटनदेवीबाट सो मोटरसाइकल फेला पारेको मकवानपुर प्रहरीले जनाएको छ ।
फेला पारेको मोटरसाइकल सवारी धनी बस्नेतलाई आइतबार बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले बताए।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस