अफगानिस्तानमा कारबाहीका क्रममा दश जना तालिबान मारिए
अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तमा यहाँको राष्ट्रिय सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि १० जना तालिबान लडाकूको मृत्यु भएको जनाइएको छ । अफगानिस्तानमा विगत लामो समयदेखि हिंसा मच्चाइरहेका तालिबानहरुले सरकारी सम्पत्ति र सर्वसाधारणमाथि गर्ने गरेको आक्रमण जारी नै रहेको बताइएको छ ।
सोमबार दिइएको जानकारीअनुसार यहाँको दक्षिणी हेल्मण्ड प्रान्तको नार ए सरओज जिल्लाका दुई स्थानमा सेनाले कारबाही गरेको थियो । त्यस कारबाहीका क्रममा परी ती व्यक्तिको निधन भएको बताइएको हो । अफगानिस्तानमा हिंसाको अनुगमन गरिरहेको संस्था रिडक्सन इन भायोलेन्स (आरआइभी) ले सोमबार सो जानकारी दिएको छ । त्यसैगरी हेल्मण्ड प्रान्तको प्रान्तीय प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा पनि सो कुराको जानकारी गराइएको छ ।
त्यस जिल्लामा तालिबानको गढ रहेको मानिएको छ । त्यस क्षेत्रमा तालिबानहरु लुकेर बसेको सूचनाको आधारमा सरकारी सेनाले सो कारबाही गरेको बताइएको छ । उता अफगानिस्तानका विभिन्न प्रान्तका केही स्थानमा पनि हिंसात्मक आक्रमणहरु भएका बताइएको छ । सो हिंसामा भएको मानवीय हताहतको बारेमा भने कुनै जानकारी नगराइएको समाचारमा जनाइएको छ ।
क्याटेगोरी : प्रवास, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस