• जीवनशैली | Jiwanshaili
  • यमनको आप्रवासी शिविरमा आगलागीः आठको मृत्यु


     

    आइतबार यमनको राजधानीमा एक आप्रवाशी शिविरमा भएको आगलागीमा परी आठ आप्रवासीको मृत्यु भएको अन्तराष्टिय समचार माध्यमले जनाएको छ ।

    आगलागीमा उक्त शिविरका सुरक्षा गार्डहरू पनि परेका छन् । यस क्रममा अरु केही संख्यामा घाइते भएको बताइएको छ ।

    आगलागीमा परी कम्तिमा पनि आठ व्यक्तिको मृत्यु भएको र मृत्यु हुनेहरूको संख्या अझ धेरै रहेको हुनसक्ने बताइएको छ । सो कुरा आप्रवासी अन्तर्राष्ट्रिय संगठनको मध्यपूर्व र उत्तर अफ्रिकाका क्षेत्रीय निर्देशक कार्मेला गोडेउले जानकारी दिएका छन् ।

    आगलागीमा परी कम्तीमा पनि १७० जना घाइते भएको बताइएको छ। घाइतेमध्ये केही जना गम्भीर रुपमा घाइते भएका छन् भने केहि सामान्य घाइते भएका छन् । अझै सम्म आगलागी को कारण भने पत्ता लगाउन सकिएको छैन।

     


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस