• जीवनशैली | Jiwanshaili
  • यी तीन प्रदेशमा चट्टयाङ सहित वर्षा हुने


    हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।अपरान्ह पश्चात गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू(भागका एक वा दुई स्थानहरुमा मेघ गर्जनरचट्टयाङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    आज दिउँसो देशको गण्डकी, वागमती र प्रदेश १ का पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।

    यस्तै आज राती देशका पहाडी भूभागहरुमा आंशिक बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।प्रदेश नं १ को पहाडी भूभागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जनरचट्टयाङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस