बोलेरोले किचेर एकको मृत्यु
दोलखाको वैत्येश्वर गाउँपालिका–६ नाम्दुमा बोलेरोले किचेर एक जनाको मृत्युभएको छ । वैत्येश्वर गाउँपालिका–६ को नाम्दु पैयूँखोलामा वा१४च ९९९३ नंको बोलेरोले किचेर नाम्दु निवासी ४० वर्षीय बद्री थामीको घटनास्थलमा नै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख भेषराज रिजालले बताए ।
यात्रु लिएर नाम्दुको पैयूँखोलाको भित्री सडकमा गएको बोलेरोको सापटक भाँचिएपछि रोकेर यात्रुहरु ओर्लिएको र सोही क्रममा रोकेको बोलेरोमा ओत लगाउँदै गर्दा उक्त बोलेरो गुडेर बद्री थामीलाई किचेको र थामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शवपरीक्षणका लागि चरीकोट ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको दोलखा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस