करेन्ट लागेर दुईजनाको मृत्यु
सप्तरीको राजगढ गाउँपालिका–३ कट्टी टोलमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । आइतबार साँझ आफ्नै घरमा बिजुलीको स्वीच थिच्ने क्रममा करेन्ट लागेर ७० वर्षीय शिवलाल यादवको मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी सुनसरीको दुहबी नगरपालिका–२ स्थित मैनावती स्टिल फ्याक्ट्रीमा ना ४ ख ५९३६ नम्बरको ट्रकबाट सामान लोड गर्ने क्रममा इलेक्ट्रिक क्रेनबाट करेन्ट लागेर आइतबार राति एकजनाको मृत्यु भएको छ ।
मोरङ बेलबारी नगरपालिका–७ का २४ वर्षीय आशिष मग्रातीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका ट्रकका सहचालक मग्रातीको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस