नहर भत्किँदा विद्युत् अवरुद्ध
हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका नागरिक पाँच दिनदेखि अन्धकारमा बस्दै आएका छन् । कुकुरफाल्ना जलविद्युत्को नहर भत्केर विद्युत् आपूर्ति हुन नसक्दा यहाँका नागरिक यही फागुन २० गतेदेखि अन्धकारमा बस्दै आएका हुन् ।
रुख ढलेर जलविद्युत्को नहर भत्किँदा मर्मत गर्न समय लाग्ने भएकाले गाउँपालिकाका नागरिक अन्धकारमा बस्दै आएका छन् । क्षतिबाट अवरुद्ध भएको नहर मर्मतका लागि फागुन २२ गतेदेखि २० स्थानीयवासीलाई काममा खटाइएको विद्युत् कार्यालयका सहयोगी हरीकृष्ण जैसीले जानकारी दिए ।
एक हप्ताभित्र विद्युत् सेवा आपुर्ति गर्नका लागि नहर मर्मतमा यहाँका स्थानीयवासी लागी परेका छन् । रुख ढलेर करिब १० मिटर नहर भत्किएको छ । तीस किलोवाट क्षमता रहेको विद्युत् प्रसारणको नहरमा ठूलो पानी आएका कारण रुख ढलेर क्षति भएको हो । विद्युत अवरुद्ध हुँदा वडा तीनको गोरापाली र ढकानीकुनाका नागरिक सहित वडा नं ४, ५ र ६ का पूरै बस्ती अन्धकार भएको छ । विद्युत प्रसारण लाइनमा भने कुनै समस्या नभएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस