• जीवनशैली | Jiwanshaili
  • १८ वर्षीय युवकको विभत्स अवस्थामा शव फेला


    बाराको निजगढ नगरपालिका–९ मा एक युवकको हत्या भएको छ ।

    गएराति धारिलो हतियार प्रयोग गरी उनको विभत्स हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

    बुद्धचोक नजिकै घरमा एक्लै रहेका १८ वर्षीय रोहित शर्माको आज विहान विभत्स अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ  । उनको शवको प्रकृति हेर्दा हत्या भएको र हत्या कस्ले के कारणले गरेको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले बताए ।

    अहिले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस