चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला
चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्र अन्तर्गत निकुञ्जको मुख्य क्षेत्रमा भाले गैँडा मृतावस्था फेला परेको छ । निकुञ्जको शहरी क्षेत्रमा पर्ने नारायणी नदीको कलकत्ता टापुमा करीब ३० वर्षीय भाले गैँडा मृत फेला परेको हो ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले सेहरी क्षेत्रमा दुईवटा भाले गैँडा जुधेर घाइते हुँदा एउटा गैँडा मरेको जानकारी दिए । उनका अनुसार यही फागुन २४ गते उक्त गैँडा मृतावस्थामा फेला परेको थियो । मृतावस्थामा भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेकोसहायक संरक्षण अधिकृत समेत रहेका उनले बताए ।
चालू आर्थिक वर्ष २०७७÷७८ मा निकुञ्जमा २२ प्राकृतिक र चार चोरी शिकारीले गैँडा मरेका थिए । हरेक पाँच वर्षमा हुँदै आएको राष्ट्रिय गैँडा गणना यस वर्ष आगामी चैत ९ गतेदेखि हुने जनाइएको छ । गैँडा गणनाको तयारी शुरु भइसकेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस