बस र स्कुटर ठोक्किँदा एकको मृत्यु
झापाको शिवसताक्षी–९ स्थित यलम्बर चोकमा बस र स्कुटर ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक इलाम, चुलाचुली गाउँपालिका–४ का ३८ वर्षीय राजेन्द्र देवान छन् । पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ख २७४६ नंको बस र विपरीत दिशातर्फ जाँदै गरेको को ३८ प ४१९४ नं को स्कुटर ठोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।
दुर्घटनामा सोही स्कुटीको पछाडि सवार चुलाचुली–४ कय ४० वर्षीय पूर्ण राई घाइते भई बिर्तामोडस्थित बिएडसी अस्पतालमा उपचार भइरहेको छ । घटनापछि बस चालक झापा, अर्जुनधारा नगरपालिका–११ नयाँ बस्तीका ४० वर्षीय मानबहादुर पुरी तथा बस र स्कुटर इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस