भण्टावारीबाट ४९ किलो गाँजा बरामद
सुनसरीको कोशी गाउँपालिका–८ भण्टावारीबाट मङ्गलबार साँझ ठूलो परिमाणमा अवैध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीले केरा बगैँचामा लुकाएर राखिएको अवस्थामा ४९ किलो लागुऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल भण्टावारीका इञ्चार्ज भुवन खड्काले बताए । निजी जग्गामा राखिएको केरा बगैँचाको माटोमुनि लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
गाँजा भेटिएको ठाउँबाट भारतीय बजार निकै नजिक भएका कारणले भारतीय बजारमा बिक्रीका लागि लैजाने उद्देश्यले गाँजा भण्डारण गरेर राखिएको हुनसक्ने प्रहरीको अनुमान छ । पछिल्लो सयम सुनसरीका विभिन्न सीमावर्ती नाकाबाट अवैध गाँजा तस्करी हुने गरेको सीमा क्षेत्रका स्थानीयवासीले बताएका छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस