• जीवनशैली | Jiwanshaili
  • आज यी स्थानमा मेघ गर्जन चट्याङ सहित पानी पर्ने


    देशमा पश्चिमी वायुको प्रभावका कारण आज पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।
    हाल सुदुर पश्चिम, कर्णाली, गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकी भभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।
    आज दिउँसो देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भूभागहरूमा आंशिक बदली रहने छ।

    यस्तै आज राती देशका पहाडी भूभागहरुमा आंशिक बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भूभागको एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस