स्याउको ‘हव’ बन्दै मुड्केचुला
जाजरकोट–डोल्पा सडक निर्माण कार्यसँगै तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कृषकलाई स्याउका बिरुवा वितरण कार्य तीव्र बनाएको छ । गाउँपालिका र प्रदेश सरकारको संयुक्त पहलमा ४० हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।
तीन वर्षअघि लगाएको बिरुवाले अब एक वर्षभित्र फल दिने अध्यक्ष शाहीले जानकारी दिए । यो आर्थिक वर्षमा स्थानीयवासीले आफ्नै नर्सरीमा उत्पादन गरेका पाँच हजार स्याउका बिरुवा कृषकलाई वितरण गरिएको छ । गाउँपालिकालाई स्याउको ‘हव’ बनाउने उद्देश्य रहेको अध्यक्ष शाहीको भनाइ छ ।
प्रतिबिरुवा रु ७० मा खरिद गरेर कृषकलाई वितरण गरिएको हो । गाउँपालिकाको वडा १, २, ३, ४, ५, ६, ७ र ९ मा बिरुवा वितरण भएको हो । मागका आधारमा स्याउका बिरुवा वितरण गरिएको छ । गाउँपालिकामा दुई ठाउँबाट सडक निर्माण कार्य जारी रहेको छ । सडक निर्माण कार्य सम्पन्न भएसँगै स्याउका बिरुवाले फल दिन शुरु गर्ने सम्भावना बढेको स्थानीयवासी समीर शाहीले बताए ।
त्रिवेणी र जुम्लाबाट एकै साथ सडक निर्माण कार्य शुरु भएसँगै स्थानीयवासी आफूले उत्पादन गरेको स्याउले बजार पाउने भन्दै खुशी भएका छन् । त्यस्तै एक हजार ओखरका बिरुवा वितरण कार्य चलिरहेको छ । डोल्पा स्याउ उत्पादनको राम्रो जिल्ला मानिन्छ । यहाँ उत्पादन भएका स्याउले बजार नपाउँदा कृषक पीडित हुँदै आएका थिए । सडक विस्तारसँगै देशका विभिन्न ठाउँमा लिएर डोल्पाली स्याउले बजार पाउने भएसँगै स्याउ लगाउने कृषकको सङ्ख्या बढेको छ । खाद्यान्न उत्पादन कम हुने डोल्पामा स्याउ उत्पादन भने राम्रो हुँदै आएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस