दुर्घटनामा थप एकको मृत्यु
कर्णाली राजमार्गमा आज भएको सडक दुर्घटनामा थप एकको मृत्यु भएको छ । मृत्यु हुनेको सङ्ख्या दुई पुगेको हो । मृत्यु हुनेमा शुभाकालिका गाउँपालिका भर्ता कालीकोटका ३७ वर्षीय जितेन्द्रबहादुर शाही र सोही जिल्ला नरहरिनाथ गाउँपालिका २१ वर्षीय कमल विक रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । दुर्घटनामा तीन प्रहरीसमेत घाइते भएका छन् । उनीहरूमध्ये रमेश चौधरीको अवस्था गम्भीर रहेको दैलेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले बताए ।
उनले भने, “२१ यात्रुमध्ये दुईको मृत्यु भइसकेको छ । सुर्खेत पठाइएका ११ मध्ये दुईको अवस्था गम्भीर छ । तीन जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । राजमार्गको दैलेख सडकखण्डको आठबिस नगरपालिका–१ टुइकुनामा माइक्रोबस दुर्घटना भएको हो । कालीकोटबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ ख २४७ नंको माइक्रोबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । माइक्रोबस तीव्रगतिमा हुँदा अनियन्त्रित भई राजमार्गबाट १०० मिटर तल खसेको थियो । बसमा कालीकोटबाट २१ यात्रु सवार थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस