महाशिवरात्रिमा डोलेश्वरदेखि कैलाशपतिसम्म घुइँचो
महाशिवरात्रि पर्वका अवसरमा यहाँका प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वर, आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको भीड लागेको छ ।
शिवरात्रि पर्वका लागि मात्रै मन्दिरको चारै ढोका खुला रहने सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा आज दर्शनार्थीको बिहान ४ः०० बजेदेखि नै भीड लागेको डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सञ्चार संयोजक मोहन बल्लले जानकारी दिए ।
मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि बिहान ४ः०० बजेदेखि दर्शनका लागि मन्दिरको ढोका खुला गरिएको र बिहानैदेखि लामबद्ध दर्शनार्थीका लागि सहज पूजा एवं दर्शन गर्ने व्यवस्था गरिएको उनले जानकारी दिए । आजका लागि मन्दिरको पूर्व, पश्चिम र दक्षिण गरी चारवटै ढोका खोलेर मन्दिरभित्र प्रवेश गरी दर्शन गर्ने व्यवस्था गरिएको छ । भक्तजनलाई विषेश पूजा, हवन र रुद्धाभिषेक गरी पञ्चस्नान गराउने व्यवस्था गरेको समितिका दिलीप केसीले जानकारी दिए ।
मन्दिरमा हुने भिडभाडको व्यवस्थापनका लागि महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी, ट्राफिक प्रहरी र स्वयंसेवक परिचालन गरेको छ । मन्दिर परिसरमा स्वस्थ्य परीक्षणका लागि स्वयंसेवकका रुपमा नेपाली सेना इन्द्र बक्स दल गण सूर्यविनायकका चिकित्सकको टोलीले स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
डोलेश्वर आउने साधुसन्त एवं नागा बाबालाई समितिले एक/एक थान धोती र कम्बल तथा तहअनुसार रु एक हजार १००, रु एक हजार ३०० र रु एक हजार ५०० का दरले भेटी दिएर भोली समितिले बिदाइ गर्ने भएको छ ।
यता सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि आज दर्शनार्थीको भीड लागेको छ । मनले चिताएको आशा पूरा गर्ने जनविश्वास रहेको आशापुरी महादेवमा दर्शनार्थीको भीड लागेको हो ।
त्यस्तै सूर्यविनायक नगरपालिका– १० चित्तपोलमा रहेको साँगास्थित अग्लो महादेवका रुपमा चिनिएको कैलाशपति महादेव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । दर्शनार्थीलाई सहज दर्शन गर्ने व्यवस्था गरिएको र त्यसका लागि सुरक्षाकर्मीदेखि स्वयंसेवक परिचालन भएको मन्दिरका व्यवस्थापक कमल जैनले जानकारी दिए । त्यसैगरी सूर्यविनायक नगरपालिकाभित्र रहेका गुप्तेश्वर, सोमलिङ्गेश्वर, चरखण्डेश्वर, अनन्तलिङ्गेश्वर महादेव मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस