मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित ‘गल्छी–देवीघाट’ सडकखण्डको गैरीगाउँमा गए राति मोटरसाइकलले ठक्कर दिँदा स्थानीय वीरमान श्रेष्ठको मृत्यु भएको छ ।
पैदल हिँडिरहेका सोही स्थानका ४५ वर्षीय श्रेष्ठलाई मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए । उनका अनुसार ठक्कर दिने वा प्र २–०१९ प ६०७९ नं को मोटरसाइकल र चालक विदुर नगरपालिका–३ का ३१ वर्षीय यमबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तारुकाबाट महादेवफाँटतर्फ तीव्रगतिमा आउँदै गरेको मोटरसाइकलले करिब ८ बजेतिर पैदलयात्रीलाई ठक्कर दिएको थियो । उक्त घटनाको विरोधमा स्थानीयवासीले राति अबेरसम्म सडक अवरुद्ध गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस