भरुवा बन्दुकसहित एक पक्राउ
सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित कोसीको पूर्वी किनारको खयरघारीबाट हिजाे बिहिबार एक जनालाई भरुवा बन्दुकसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका–९ का २२ वर्षीय सुमन राई रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
वन्यजन्तुको सिकार गर्ने क्रममा राईलाई एकथान भरुवा बन्दुकसहित सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको छ भने अन्य चार जना फरार भएको सशस्त्र प्रहरी निरीक्षक जसबहादुर राईले बताए । पक्राउ परेकाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस