• जीवनशैली | Jiwanshaili
  • यी स्थानमा आज मेघ गर्जन,चट्टयाङ सहित पानी र हिउँ पर्ने


     

    आज दिउँसो देशभरी आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमालि भू(भागहरुमा हल्का हिमपातको संभावना रहेको छ।
    हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्का बर्षा भएको छ।यस्तै आज राती गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ को पहाडी भूभागका एक दुइ स्थानमा मेघ गर्जनरचट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमालि भूभागहरुमा हल्का हिमपातको संभावना रहेको छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस