• जीवनशैली | Jiwanshaili
  • १३ बर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ


    बझाङमा १३ बर्षीया छोरी बलात्कार गर्ने बाबु पक्राउ पक्राउ परेका छन् । बझाङ जिल्लाको बुङगल नगरपालिकामा छोरीलाई बलात्कार गरेको आरोपमा बुबालाई पक्राउ गरिएको हो ।

    बुङगल नगरपालिकाकाका ४४ बर्षिया पुरुषलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।

    उनले फागुन २२ गते राती आफ्नै कोठामा सुतिरहेकी १३ बर्षीया छोरीलाई बलात्कार गरेका थिए । बालिकाकी आमाले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

    आज जिल्ला प्रहरी कार्यालय बझाङमा पत्रकार सम्मेलन गरेर बलात्कार आरोपी बुबालाई सार्वजनिक गरेको छ ।

    आरोपितलाई जवरजस्ती करणी कसुर अन्तरगत मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ५ दिने म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस