स्वास्थ्य शिविरबाट ४४४ लाभान्वित
शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा शनिबार आयोजना गरिएको एकदिने स्वास्थ्य शिविर कार्यक्रमबाट ४४४ जना लाभान्वित भएका छन् । वडा नं ९ कार्यालयले आयोजना गरेको शिविरमा स्वास्थ्य सेवा लिन आएका बिरामीको निःशुल्क जाँच, महिलाको पाठेघर जाँच, आँखा जाँचसँगै निःशुल्करूपमा औषधि वितरण गरिएको छ । शिविरमा आँखारोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, एमडिजिपी, एमपिबिएमलगायतले सेवा प्रदान गरिएको वडाध्यक्ष रमेशबहादुर ऐरले बताए ।
शिविरमा आँखा जाँच गराउन आएका २५० जनामध्ये कमजोर दृष्टि दोष रहेका १०० बिरामीलाई निःशुल्करूपमा चश्मा वितरण गरिएको छ । आँखामा मोतियाविन्दु भएका ३१ बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि सिफारिस गरिएको छ । शिविर सञ्चालनका लागि रु दुई लाख बजेटको व्यवस्था गरिएकामा रु एक लाख निःशुल्क औषधि वितरण गर्नका लागि खर्च भएको वडाध्यक्ष ऐरले बताए ।
आँखाको उपचार गर्न शिविरमा पुगेका ५० वर्षीय राजेन्द्र बोहराले घरआँगनमै सेवा पाउँदा निकै खुशी भएको बताए । “आँखामा मासु पलाएको थियो”, उनले भने, “चिकित्सकसँग सल्लाह लिन पाएँ, निःशुल्क शल्यक्रिया हुने भएपछि सहज भएको छ ।”
दुर्गम क्षेत्रमा रहेका सर्वसाधारणका लागि विशेषज्ञसहितको स्वास्थ्य सेवामा पहुँच पुर्याउन स्वास्थ्य शिविर आयोजना गरिएको नगरप्रमुख दिलबहादुर ऐरले बताए । शिविरका माध्यमबाट अतिविपन्न अवस्थाका व्यक्ति बढी लाभान्वित भएको उनको भनाइ छ । शिविरमा वडा नं ९, १०, ११, ५, ४, ६, ७ र ८ का बासिन्दाले सेवा लिएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस