• जीवनशैली | Jiwanshaili
  • घरमा राखिएको बलमा आगलागीः २ करोड ९० लाखको क्षती


    अमेरिकाका एक घरका मालिकलाई २५० हजार डलर (२ करोड ९० लाख रुपैयाँ) को क्षती भएको छ । घरमा राखिएको एउटा क्रिस्टल बलमा घामको किरण पर्दा आगलागी भएको छ जसका कारण क्षती भएको हो । फायर डिपार्टमेनटका अनुसार यो घटना अमेरिकाको विस्कोन्सिनको हो र घटना गत सोमबारको हो ।

    डेल्टोनस्थित एक घरको लिभिङ रुममा काँचको एउटा क्रिस्टल बलबाट सरु भएको आगो लिभिङ रुम हुदैँ अन्य हिस्सामा पनि  फैलिएको थियो। झ्यालबाट घामको किरण घरभित्र आइरहेको थियो जुन काँचको बलमा पर्दा आगलागी भएको दमकल विभागले जनाएको छ ।

    साधारणतया घामको किरण ठूलो क्षेत्रफलमा पर्ने गर्छ तर क्रिस्टल बलका कारण घामको किरण एक बिन्दूमा केन्द्रीत भएका कारण आगलागी भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएको छ । यद्यपि, उक्त आगलागीमा मानवीय क्षती भने भएन ।
    यस सगैँ मानिसहरुलाई क्रिस्टल, ऐना, काँचका गहना र बोतललाई सूर्यको किरण पर्ने ठाउँमा नराख्न अमेरिकाको दमकल विभागले सल्लाह दिएको छ ।


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस