• जीवनशैली | Jiwanshaili
  • अमेरिकामा हिमपातः डेन्भरमा दुई हजार उडान रद्द


    अमेरिकाको डेन्भरबाट हुने दुई हजारभन्दा बढी उडान रद्द भएका छन् ।अत्यधिक हिमपातका कारण सप्ताहन्तमा ती उडानहरु रद्द भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार शनिबार ७५० र आइतबार १३ सय उडान रद्द भएका हुन् ।

    राष्ट्रिय मौसम सेवाले हिमपात भएर १८ देखि २४ इन्चसम्म हिउँ जम्न सक्ने पुर्वानुमान गरिएको जनाएको छ ।
    हिमपातले प्राकृतिक प्रकोप तथा दुर्घटना गराउन सक्ने भएकाले अत्यावश्यक बाहेकको यात्रा नगर्न सरकारी निकायहरुले सबैलाई आह्वान गरेका छन् ।

    उनीहरुले चिसो तथा हिउँबाट बच्न उच्च सतर्कता अपनाउन र दैनिक गतिविधिहरु गर्दा पनि सुरक्षाका उपायहरु अपनाएर मात्रै गर्न आग्रह गरेका छन् ।


    क्याटेगोरी : प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस