मोबाइल हरायो ? यसरी पत्ता लगाउनुहोस्
धेरै रोचक उदाहरणहरू छन् जब हामी आफ्नो फोन घरमा बिर्सन्छौं अनि याद राख्दैनौं कि हामीले कहाँ राखेका छौं भनेर। त्यस्तै कहिलेकाहिँ हामी घरबाट बाहिर हुँदा फोन चोरी हुन्छ वा हराउँछ भने अब नआत्तिनुहोस्। किनभने हामी सजिलैसँग हाम्रो एन्ड्रोइड फोनमा भएको ‘फाइंड माइ डिभाइस फीचर’ को सुविधा प्रयोग गरेर फेला पार्न सक्दछौं। यसको लागि हामीले कसैलाई कल गर्न लगाउनु पर्दछ। तर यदि फोन घर बाहिर कतै चोरी भएको छ भने हामीलाई केही थप मद्दत चाहिन्छ।
राम्रो कुरा त के छ भने गुगलले प्रयोगकर्तालाई सजिलो तरीका प्रदान गरेकाे छ, ताकि तिनीहरूले हराएको एन्ड्रोइड फोन फेला पार्न, लक गर्न वा यसको डाटा मेटाउन सकुन्। यसको लागि ‘फाइंड माइ डिभाइस फीचर’ सुविधा प्रयोग गर्नु आवश्यक पर्दछ। जसले अज्ञात व्यक्तिहरूबाट बचाउनका लागि प्रयोगकर्ताहरूलाई टाढाबाट पिन, पासवर्ड वा प्याटन सेट गर्न अनुमति दिन्छ ।
साथै प्रयोगकर्ताले हराएको फोनको स्क्रिनमा सन्देश पठाउन सक्छन्। जसकाे माध्यमबाट फोन भेटाउने व्यक्तिले कल पनि गर्न सक्छ। यस सुविधाले एन्ड्रोइड फोनहरूबाट डाटा मेटाउने अनुमति पनि दिन्छ कि भेटाउने व्यक्तिले फोनको दुरुपयोग गर्न नसकोस्। र यसबाट उपकरणको सुरक्षालाई पनि ट्रिगर गर्न सकिन्छ जसले गर्दा फोन भेटाउने व्यक्तिलाई उक्त फोन काम नलागोस् ।
यदि तपाईं आफ्नो फोन खोज्न चाहानुहुन्छ भने गुगल खातामा साईन ईन गरिएको, मोबाईल डाटा वा नेटवर्कमा जडित र ‘फाइंड माई डिभाइस’ पनि अन हुनु जरुरी छ । यदि तपाईंले आफ्नो स्मार्टफोनमा यो पहिले नै गरिसक्नु भएको छ र तपाईंको फोन हरायो भने यी चरणहरूको सहाएताले आफ्नो फोन भेटाउन सक्नुहुनेछ ।
१) https://www.google.com/android/find पहिले तपाईंले यो लिंकमा क्लिक गर्नुपर्नेछ र तपाईंको गुगल खातामा साईन ईन गर्नुपर्नेछ। साईन ईन भएपछि तपाईले फोन माथिको बाँया कुनामा देख्नुहुनेछ। यसले तपाईंलाई फोनको ब्याट्री र अन्तिम पटक अनलाईनको बारेमा जानकारी दिनेछ।
२) यसपछि गुगलले तपाईको फोन अवस्थित स्थान देखाउँछ। यदि तपाईंले फोन प्राप्त गर्नुभएन भने यसले तपाईंलाई अन्तिम स्थान देखाउनेछ।
३) यदि तपाईंले फोनको लोकेशन चिन्नु हुन्छ भने तपाईं त्यहाँ गएर आफ्नो फोनमा घण्टी लगाउन सक्नुहुनेछ। जसले गर्दा ५ मिनेटको लागि नन स्टप रिङटोन बजिरहन्छ जसको कारणले फोन साइलेन्समा भएतापनि तपाईले उक्त फोनको आवाज सुन्न सक्नुहुनेछ ।
४) यदि फोनको लोकेशन अज्ञात ठाउँमा देखिन्छ भने एक्लै फोन पत्ता लगाउन कोसिस नगर्नुहोस्। पुलिसको सहयोग लिनुहोस्। यसको लागि तपाईले फोनको सीरियल नम्बर र IMEI नम्बर भन्नु पर्छ। https://support.google.com/store/answer/3333000?hl=en यो लिंक क्लिक गरेर, तपाईं आफ्नो फोनको सिरियल नम्बर फेला पार्न सक्नुहुनेछ।
५) यदि तपाईं फोन लक गर्न चाहानुहुन्छ भने, ‘सेक्योर डिवाइस अप्शन’ छान्नुहोस्। यसले तपाईंको फोन लक गर्दछ र गुगल खाता साइन आउट पनि गर्दछ। यसको सहयोगको साथ, तपाईं हराएको फोनको लक स्क्रिनमा तपाईंको फोन नम्बर वा कुनै सन्देश छोड्न सक्नुहुन्छ, ताकि यदि कसैले यसलाई फेला पारेमा, तिनीहरूले तपाईंलाई सम्पर्क गर्न सक्दछन्। यदि तपाईंले फोन लक गर्नुभएको छैन भने यस सुविधाको साथ फोन पनि लक गर्न सकिन्छ।
६) तपाइले ‘थर्ड पार्टी’ काे प्रयोग र ‘इरेज डिभाइस’ पनि गर्न सकनुहुनेछ। जसको कारणले गर्दा फोनको सम्पूर्ण डाटाहरु सधैका लागी डिलिट हुने छन् र कसैले त्यसको दुरुपयोग गर्न पाउने छैनन्। यदि तपाइको फोन अफलाईन छ भने पनि तपाइ आफ्नो डाटा मेटाउन सक्नुहुनेछ जब कोहि तपाइको फोनबाट अनलाईन आउँदछ ।
क्याटेगोरी : प्रविधी शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस