ताप्लेजुङको ९५ प्रतिशत भूभागमा मोबाइल सेवा
ताप्लेजुङको अन्तिम बस्ती फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा गत साता नेपाल टेलिकमले मोबाइल सेवा पुनः सञ्चालन गरेसँगै ताप्लेजुङको ९५ प्रतिशत भूभागमा मोबाइल सेवा सञ्चालन भएको छ ।
टेलिकमले ओलाङचुङगोलामा स्याटलाइट प्रविधिको टावर विस्तार गरेर मोबाइल सेवा दिन थालेको नेपाल दूरसञ्चार कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख वीरेन्द्र चेम्जोङले जानकारी भयो । ओलाङचुङगोलामा टावर सञ्चालनमा आएसँगै ताप्लेजुङ ९५ प्रतिशत भूभागमा मोबाइल सेवा सञ्चालन भएको चेम्जोङले बताए । समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा अवस्थित ओलाङचुङगोला मोबाइल सेवा शुरु भएको हो । ताप्लेजुङ सदरमुकामदेखि तीन दिन पैदल हिँडेर आलाङचुङगोला पुग्न सकिन्छ । मोबाइल सेवा शुरु भएसँगै घरमै बसेर आफ्ना आफन्तहरूसँग कुराकानी गर्ने सकिने भएपछि स्थानीयवासी खुशी भएको स्थानीयवासी तेन्जिङ वालुङले बताए ।
वितगमा ओलाङचुगोलादेखि सूचाना पठाउनु पर्यो भने वडा कार्यालमा राखिएको सुविसुको इन्टरनेटको माध्यमबाट मेसेन्जरमार्फत सूचाना पठाउँदै आएको वालुङले बताए । उनले भने, “आफ्नै घरमा बसेर चौबिसै घण्टा आफ्ना आफन्तहरूसँग खबर आदानप्रदान गर्न सकिने भएको छ ।” आलोङचुङगोलामा ५६ घर परिवार बसोबास छ । फक्ताङलुङ गाउँपालिका–५ रानी पुलदेखि ओलाङचुङ गोलासम्म टावर विस्तार गर्न आवश्यक सामग्रीे ९० हजारले ढुवानी खर्च फक्ताङलुङ गाउँपालिकाले गरेको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले जानकारी दिए ।
ताप्लेजुङमा घुन्सा र ओलाङचुङगोल गरी दुईवटा स्याटलाइट प्रविधिबाट हिमाली बस्तीमा मोबाइल सेवा दिइरहेको जिल्ला दूरसञ्चार कार्यालयले जनाएको छ । ताप्लेजुङको विभिन्न स्थानहरूमा २३ वटा मोबाइल टावरले सेवा दिँदै आएको दूरसञ्चार कार्यालय कार्यालय प्रमुख वीरेन्द्र चेम्जोङले बताए । सिदिङवा गाउँपालिका–१ कालीखोला क्षेत्रमा मोबाइल सेवाको पहुँच पुग्न बाँकी रहेको र त्यसका लागि प्रक्रिया अगाडि बढिसकेको चेम्जोङले बताए । यसै चालू आर्थिक वर्षमा पाथीभरा क्षेत्रमा फेदी र कालीखोला क्षेत्रमा मोबाइल टावर विस्तार हुने चेम्जोङले बताए ।
क्याटेगोरी : प्रविधी शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस