• जीवनशैली | Jiwanshaili
  • लागुऔषधसहित एक पक्राउ


    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरी टोलीले कैलालीको कैलारी गाउँपालिका–७ रामपुरबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    चेकजाँचका क्रममा प्लाष्टिकको बट्टाभित्र Chlorpheniramine maleated and codeine phosphate syrup लेखिएको लागुऔषध सिसी थान–४० सहित सोही ठाउँका रामविलास चौधरीलाई पक्राउ गरिएको प्रनाउ विष्टले जानकारी दिए। निज चौधरीलाई पक्राउ गरी लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको बताइएको छ । नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

    बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि आइतबारै त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाइएको बताइएको छ ।

     


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस