माडीमा राम मन्दिर बनाउने चासो (भिडियाे सहित)
चितवनको माडीस्थित अयोध्यापुरीमा राम मन्दिर बनाउनेबारे वाग्मती प्रदेश सरकारले चासो लिएको छ ।
यस विषयमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित, पुरातत्व विभाग र पर्यटन मन्त्रालयका उच्च अधिकारीको बीचमा बृहत छलफल भएको छ ।
छलफलका क्रममा राम मन्दिरको वास्तुकलाको बारेमा प्रस्तुति पनि भएको छ । प्रदेश सरकार र सङ्घीय सरकारले संयुक्त रुपमा राममन्दिर निर्माण गर्ने र अन्य अध्ययन पनि सँगैसँगै अगाडि बढाउने तयारी गरेका छन । जतिसक्दो चाँडो टेन्डर गरेर राम मन्दिर निर्माण गर्ने र सँगसँगै धाम बनाउने विषयमा आवश्यक अनुसन्धानलाई पनि अगाडि बढाउने निर्णय भएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए । राम मन्दिरसहित माडीलाई धार्मिक केन्द्र बनाउन बनाइने मास्टर प्लानको बारेमा मन्त्रालयका अधिकारी र मुख्यमन्त्री स्थलगत अध्ययनमा पनि जाने उनले बताए ।
“धार्मिक र आर्थिक विकास गरेर पर्यटकीय आकर्षण बढाउन वाल्मीकी आश्रमदेखि जनकपुरसम्म अध्ययन गर्नुपर्ने देखिएको छ”, उहाँले भन्नुभयो’ “अयोध्याको अध्ययन र मन्दिर निर्माण सँगसँगै अगाडि बढाउने तयारी छ ।”
माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि प्रधानमन्त्री केपी ओलीको व्यक्तिगत सहयोगमा भगवान् राम र सीताको मूर्ति तयार भएको छ । मूर्ति प्रधानमन्त्रीको सचिवालय बालुवाटार परिसरमा राखिएको छ । प्रधानमन्त्री ओलीको सौजन्यमा झण्डै पाँच फिट अग्लो राम र सीताको मूर्ति तयार भएको बताइएको छ । आगामी वर्षको रामनवमीमा सो मूर्तिलाई प्रतिस्थापन गरिने योजना बनाइएको छ ।
प्रधानमन्त्री ओलीले गत माघ १७ गते भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अयोध्यापुरीमा अयोध्याधाम निर्माण गर्न बृहत गुरुयोजना बनिसकेको र राम सीताको मूर्ति तयार भइसकेको बताएका थिए। माडी नगरपालिकाले कृष्णनगर पार्कमा राख्ने गरी १०० बिघा जग्गासहित अयोध्याधाम बनाउन सिफारिस गरेको छ । गएको असार २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमै भएको दाबी गरेपछि चितवनको माडी नगरपालिकाको चर्चा चुलिएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस