बाँदर धपाउन उपकरण वितरण
मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले किसानलाई लक्षित गरी खाद्यन्न बाली नोक्सानी पु¥याउने बाँदर धपाउन उपकरण वितरणको तयारी थालेको छ । बाँदरका कारण वर्षौँदेखि बाली बिरुवामा नोक्सानी खेप्दै आएका गाउँपालिकाभित्रका किसानहरुको समस्यालाई मध्यनगर गर्दै ठूलो आवाज निकालेर बाँदर धपाउने उपकरण वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए ।
गाउँपालिकाले बजेट विनियोजन गरी किसानलाई बाँदर धपाउने २८० वटा उपकरण वितरण गर्न लागेको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँले जानकारी दिए। गाउँपालिकाले रु पाँच लाख बजेट छुट्याएको छ । पहिलो चरणमा २८० वटा उपकरण खरिद गरी वितरण गरिने अध्यक्ष हुमागाईँले जानकारी दिए ।
उपकरण जीवजन्तुलाई तर्साउन÷डराउनका साथै बालीविरुवामा आएकालाई भगाउन प्रयोग हुने जनाइएको छ । बन्दुक पड्काएको जस्तो आवाज आउने उपकरणबाट ठूलो आवाज आउने भएकाले बाँदरसहित अन्य जीवजन्तु भगाउन सकिने अनुमान गाउँपालिकाले लिएको छ ।
गाउँपालिकाले उपकरण प्राप्त गर्नका लागि किसानहरुलई सूचना प्रकाशितसमेत गरेको छ । उपकरण गाउँपालिकाले निःशुल्क वितरण गर्ने अध्यक्ष हुमागाईँले जानकारी दिए । गाउँपालिकाका आठ वटै वडाका बाँदर प्रभावित क्षेत्रका टोलविकास संस्था, सहकारी संस्था, कृषक समूह तथा कृषि फार्महरुले उपकरण माग गर्न सक्ने अधिकृत पुडासैनी बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस