• जीवनशैली | Jiwanshaili
  • सर्वसाधारण भोकै, सरकारको खाद्यान्न नष्ट


    लकडाउनको समयमा सर्वसाधारणलाई छाक टार्न मुस्किल भयो। साँझ बिहान मजदुरी गरेर छाक टार्दै आएको असहाय परिवार वडाकार्यालयसँग राहत माग्न पुग्थे। तर स्टोर कक्षमा खाद्यान्न भण्डार गरिएको चामल वडाले दिँदैनथ्यो। वडाले राहतकै लागि भनेर खरिद गरेको उक्त खाद्यान्न स्टोर गरेर राखेको थियो। वडाको स्टोरमा राखिएको खाद्यान्न विस्तारै कुहिन थाल्यो। गाउँमा सर्वसाधारण भोकै भए। तर केही परिमाणको खाद्यान्न नष्ट गरियो। लकडाउनमा वितरण गर्ने भनेर खरिद गरिएको बोराका बोरा चामल अहिले पनि स्टोरमै थन्किएको छ।

    जिल्लाको गढवा गाउँपालिका–५ ले मदुरी गरेर छाक टार्नका लागि लकडाउन सुरु भएलगत्तै एक चरणमा राहत वितरण गर्‍यो। दोस्रो चरणमा यो वडाले पुनः राहत वितरण गर्नका लागि चामल, दाल, नुन, तेल खरिद गर्‍यो। जापानको चामलसहित खाद्यान्न खरिद गरेको वडाले दोस्रो चरणमा उक्त राहत वितरण गरेन। वडामा राहतका लागि माग गर्न जानेको भिड नै हुन्थ्यो। वडाध्यक्ष प्रकाश भण्डारीका अनुसार पहिलो चरणमा स्थानीयबाट धेरै माग भएपछि दोस्रो चरणमा राहत वितरण गर्न सकिएन। ‘पहिलो चरणमा राहत बाड्दा धेरै समस्या भयो, एकै परिवारबाट चार/पाँचजना आउन थाले,’ उनले भने, ‘त्यसकारण हामीलाई थप राहत बाड्न समस्या भयो।’

    मजदुरी बन्द भएर साँझ बिहान हातमुख जोड्नै समस्या भएका परिवार राहात माग्दै वडा कार्यालय नियमित पुगे। ‘वडा कार्यालयले राहत बाड्ने भनेर चामल, दाल, नुनलगायत खाद्यान्न खरिद गरेर त ल्यायो, तर हामीहरूलाई दिएन,’ एक स्थानीयले भने, ‘हामीहरूकै लागि भनेर ल्याइएको खाद्यान्न नदिँदा भोकै बस्नु पर्ने अवस्था आयो यो भन्दा पीडा हाम्रो लागि अरू के होला ?’

    नागरिक दैनिकले लेखेको छ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस