मोजाम्बिकमा कट्टरपन्थी समूहद्वारा बालबालिकाको हत्या
मोजाम्बिकको उत्तरी प्रान्त काबो डेलगाडोमा मुसलमान कट्टरपन्थी विद्रोही (स्लामिक स्टेट) समूहले बालबालिकाको पनि हत्या गरेको खुलेको छ । सो समूहले बालबालिकाको घाँटी रेटेर हत्या गरिरहेको सेभ द चिल्ड्रनले मङ्गलबार जानकारी गराएको हो ।
एक महिलाले सेभ द चिल्ड्रनलाई आफ्नो १२ वर्षीय छोराको हत्या भएको बताइन् । साथै उनले पछिल्लो समय बालबालिकाको हत्या गरी स्थानीयहरूलाई तर्साउने गरेको पनि बताइन् । उनले अन्य तीन छोराछोरीसँग लुकेर बसेको स्थानबाट आफ्नो एक छोराको हत्या भएको हेर्नुपरेको बताएकी छन् ।
पिडित महिलाले भनिन्, “त्यो रात हाम्रो गाउमा विद्रोही समूहले आक्रमण गर्यो । हामी भागेर जङ्गलतिर जाँदै गर्दा उनीहरूले मेरो जेठो छोरालाई नियन्त्रणमा लिए र क्रुरतासाथ हत्या गरे ।”
सन् २०१७ मा विद्रोही गतिविधि सुरु भएयता त्यहाँ दुई हजारभन्दा बढी व्यक्ति मारिएको र छ लाख ७० हजारभन्दा बढी मानिस त्यहाँबाट भागेको बताइएको छ ।
विद्रोही समूह इस्लामिक स्टेट (आईएस) सँग सम्बन्ध राख्ने बताइएको छ । पिडित एक अर्की महिलाले आफ्नो ११ वर्षीय छोरा मारिएको बताए । सेभ द चिल्ड्रनले त्यहाँबाट भागेर आएका व्यक्तिहरूले दिएको विवरणका आधारमा आफ्नो नयाँ प्रतिवेदन सार्वजनिक गरेको हो ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस