मोजाम्बिकमा कट्टरपन्थी समूहद्वारा बालबालिकाको हत्या

मोजाम्बिकको उत्तरी प्रान्त काबो डेलगाडोमा मुसलमान कट्टरपन्थी विद्रोही (स्लामिक स्टेट) समूहले बालबालिकाको पनि हत्या गरेको खुलेको छ । सो समूहले बालबालिकाको घाँटी रेटेर हत्या गरिरहेको सेभ द चिल्ड्रनले मङ्गलबार जानकारी गराएको हो ।
एक महिलाले सेभ द चिल्ड्रनलाई आफ्नो १२ वर्षीय छोराको हत्या भएको बताइन् । साथै उनले पछिल्लो समय बालबालिकाको हत्या गरी स्थानीयहरूलाई तर्साउने गरेको पनि बताइन् । उनले अन्य तीन छोराछोरीसँग लुकेर बसेको स्थानबाट आफ्नो एक छोराको हत्या भएको हेर्नुपरेको बताएकी छन् ।
पिडित महिलाले भनिन्, “त्यो रात हाम्रो गाउमा विद्रोही समूहले आक्रमण गर्यो । हामी भागेर जङ्गलतिर जाँदै गर्दा उनीहरूले मेरो जेठो छोरालाई नियन्त्रणमा लिए र क्रुरतासाथ हत्या गरे ।”
सन् २०१७ मा विद्रोही गतिविधि सुरु भएयता त्यहाँ दुई हजारभन्दा बढी व्यक्ति मारिएको र छ लाख ७० हजारभन्दा बढी मानिस त्यहाँबाट भागेको बताइएको छ ।
विद्रोही समूह इस्लामिक स्टेट (आईएस) सँग सम्बन्ध राख्ने बताइएको छ । पिडित एक अर्की महिलाले आफ्नो ११ वर्षीय छोरा मारिएको बताए । सेभ द चिल्ड्रनले त्यहाँबाट भागेर आएका व्यक्तिहरूले दिएको विवरणका आधारमा आफ्नो नयाँ प्रतिवेदन सार्वजनिक गरेको हो ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस