• जीवनशैली | Jiwanshaili
  • मेघगर्जन र चट्टयाङ्ग सहित पानी पर्ने


    हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको छ। आज देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

    हाल देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको छ ।
    आज दिउँसो देशको पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने छ।

    यस्तै आज राती देशको पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली र तराईका भुभागमा आंशिक बदली रहनेछ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस