गुराँसेमा लालीगुराँस (फोटो फिचर)
ढकमक्क गुराँस फुल्ने दैलेखको गुराँसे, गाईबान्ना, पाथीकाल्ना, दोबाटो र दैलेख-सुर्खेत सिमानामा पर्ने रातानाङ्ला, कान्छीबजार, बुबैराखे, धरमपोखराको ओसिलो ठाउँमा मात्र फाट्टफुट्ट गुराँस फुलेको देखिन्छ। पछिल्लो समय जलवायु परिवर्तनको प्रभावले लालीगुराँस फुल्ने क्षेत्रहरुमा प्रभाव परेको छ। अघिल्ला वर्षहरुमा यतिबेला गुराँस फुलेर रातै देखिने दैलेखको गुराँसे क्षेत्र उराठलाग्दो भएको स्थानीय बताउँछन्।माघदेखि नै गुराँस फुलेर ढकमक्क हुने यो क्षेत्रमा फागुन महिना सकिनै लाग्दा पनि गुराँस नफुलेको उनीहरूको भनाइ छ। जलवायु परिवर्तन र मानवीय लापरवाहीका कारण यस वर्ष हिमाली जिल्ला म्याग्दीको मध्य र पश्चिमी क्षेत्रमा प्राकृतिक फूल र फल फुल्न तथा फल्न नपाएपछि वसन्त ऋतुको आभाष हुन सकेको छैन।












क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस