मर्दी हिमाल पदयात्रा सम्पन्न

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवं ट्रेकिङ इक्विपमेन्ट सप एशोसिएशन (टेसा) पोखराको आयोजनामा चैत १ गतेदेखि जारी मर्दी हिमाल पदयात्रा तथा पदयात्रा सामग्रीको प्रयोग तथा चिनारी विषयक पदयात्रा आज सम्पन्न भएको छ ।
पछिल्ला वर्षमा पदयात्रा पर्यटनमा आकर्षक गन्तव्यका रुपमा परिचित मर्दी पदयात्रा मार्गमा पर्यटनसम्बद्ध व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र सञ्चारकर्मीसहितको ३० सदस्यीय टोलीले उक्त क्षेत्रको प्रवद्र्धनात्मक भ्रमण गरेको हो ।
मर्दी हिमाल पदयात्राको गन्तव्यस्थलमध्येको माछापुच्छ्रे गाउँपालिकाको सिदिङमा आज पदयात्राको समापन कार्यक्रममा वक्ताले पर्यटकीय नगरी पोखराबाट अत्यन्त नजिक रहेको यस पदयात्रा मार्गको आफ्नै विशिष्टता भएको बताउँदै यसको संरक्षण, प्रवद्र्धन र विकासमा सरोकारवाला सबैको साथ र सहयोग आवश्यक हुने बताए।
गण्डकी प्रदेश आन्तरिक पर्यटन पुनरुत्थान समितिका संयोजक अग्निप्रसाद कँडेलले पोखराबाट छोटो समयमा हिमालमा पुग्न सकिने मर्दी पदयात्रा मार्गको आफ्नै विशिष्ट महत्व रहेको बताए । यस पदमार्गको दिगो विकास आवश्यक रहेको बताउँदै उनले यसका लागि सम्बद्ध सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिए।
टेसा पोखराका अध्यक्ष नारायण सापकोटाले पदयात्रामा प्रयोग गरिने सामग्रीको परिचयात्मक प्रयोग सम्बन्धमा पनि पदयात्रा उपयोगी बनेको बताउँदै यस क्रममा यस क्षेत्रको भ्यु प्वाइन्टदेखि हाइक्याम्प, बादलडाँडा, लो क्याम्प हुँदै सिदिङसम्म सरसफाइसमेत गरिएको जानकारी दिए ।
नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटाले यसको निरन्तर प्रवद्र्धन आवश्यक भएकामा जोड दिए । मर्दी हिमाल पदयात्रा मार्गको फोरेष्ट क्याम्पमाथि बस्ती नरहेका कारण यसलाई उत्कृष्ट पदमार्गका रुपमा बढाउन सकिने उनले बताए ।
नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका सचिव एवं ट्रेकेस प्याराडाइज मर्दी हाइक्याम्पका सञ्चालक सुदीप गौतमले मर्दी पदयात्रा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको बताउँदै यसको दिगो विकासका साथै वातावरणीय सुन्दरतालाई जोगाउनु आवश्यक भएको बताए ।
माछापुच्छ्रे गाउँपालिका वडा नं ९ का वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले कोरोना कहरका समयमा पनि सुरक्षा मापदण्ड कायम गर्दै मर्दी पदयात्रा सञ्चालन गरिएको बताउँदै यसको संरक्षण र विकासलाई आफूहरूले उच्च प्राथमिकतामा राखेको बताए ।
टेसा पोखराका निवर्तमान अध्यक्ष एवं सल्लाहकार नवराज अधिकारीले पदयात्रा क्रममा मर्दी हाइक्याम्प हुँदै भ्युप्वाइन्ट र मर्दी आधार शिविर जस्ता क्षेत्रमा स्थलगत अध्ययन अवलोकन गर्दै त्यहाँका विविध सम्भावना एवं चुनौती सम्बन्धमा जानकारी लिइएको बताए ।
कार्यक्रम संयोजक एवं टेसा पोखराका निवर्तमान अध्यक्ष रामचन्द्र गिरीले मर्दी पदयात्राले यस क्षेत्रको पर्यटकीय सम्भावना थप उजागर गर्नुका साथै यसको दिगो विकासका लागि महत्वपूर्ण जानकारीसमेत हासिल भएको उल्लेख गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस