जोशी, विष्ट र गिरी पुरस्कृत हुँदै
कर्णाली साहित्य समाज सुर्खेतले कला, संस्कृति र साहित्यतर्फ विशेष योगदान पुर्याउने मुलुकका तीन स्रष्टालाई पुरस्कृत गर्ने भएको छ । समाजले आज पत्रकार सम्मेलन गरी ललितपुर निवासी वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, कैलाली निवासी कथाकार ललित विष्ट र सुर्खेत निवासी गायक प्रेमदेव गिरीलाई पुरस्कृत गर्ने जनाएको छ ।
कर्णाली लोकसंस्कृतिलगायत दर्जनौँ कृतिका लेखक जोशीलाई ताम्रपत्रसहित ‘कर्णाली साहित्य साधना सम्मान’ प्रदान गरिने समाजका अध्यक्ष खगेन्द्र अधिकारीले जानकारी दिए । त्यस्तै कथाकार विष्टको कथाकृति ‘मोहपथ’लाई रु ५० हजारको ‘कर्णाली साहित्य समाज कृति पुरस्कार’ र नेपाली लोक एवं वाद्यवादनका क्षेत्रमा कर्णालीलाई नेपाल तथा विदेशमा चिनाउन योगदान दिने वरिष्ठ कलासाधक गिरीलाई रु २५ हजारको ‘कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार’ प्रदान गरिने बताइएको छ ।
‘नेपाली साहित्य श्रीवृद्धि र कर्णालीको कला, संस्कृति र साहित्यलाई देश विदेशमा चिनाउन विशेष योगदान दिने सर्जकलाई प्राथमिकतामा राखेर छनोट गर्ने गरेका छौँ’, उनले भने । गत वर्ष ‘मरिचिका’ कथा सङ्ग्रहका कथाकार महेश थापा, कवि तथा उपन्यासकार बुद्धिसागर र कवि ‘श्यामल’लाई सम्मान तथा पुरस्कृत गरिएको थियो । यही चैत ११ गते तीन स्रष्टालाई वीरेन्द्रनगर सुर्खेतमा सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम रहेको समाजले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस