• जीवनशैली | Jiwanshaili
  • अवैधरूपमा ल्याइएको सालको गोलिया बरामद


    कृष्णपुर नगरपालिका–७ बस्ने ४२ वर्षीय यज्ञबहादुर खड्काको घरबाट अवैधरूपमा सामुदायिक वनबाट ल्याइएका सालका काँचा ७३ क्यूविक फुट गोलिया बिहीबार बरामद गरिएको छ ।

    सबडिभिजन वन कार्यालय अत्तरिया कैलालीको टोलीले गोप्य सूचनाका आधारमा गोदावरी नगरपालिका–३ महिला सामुदायिक वन चौकीडाँडाबाट अवैधरूपमा चोरी गरी ल्याइएका गोलिया बरामद गरिएको हो । बरामद गोलिया सबडिभिजन वन कार्यालय अत्तरियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले बताए ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस