पाकिस्तानी प्रधानमन्त्री खानलाई कोभिडबिरूद्धको पहिलो खोप दिइयो
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीबार कोरोनाभाइरसविरूद्धको खोपको पहिलो मात्रा लिएर खोप लगाउन पाकिस्तानी नागरिकहरूलाई प्रोत्साहन गरेका छन् । दक्षिण एसियाली यस मुलुकमा चीनद्वारा सहयोग गरिएको कोरोनाभाइरस खोपको पाँच लाख मात्रा आएको एक दिन पछि पाकिस्तानी प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारीले खोप लगाई चीनको सिनोभ्याक खोप कोभिड–१९ विरूद्धको अभियानका लागि सुरक्षित रहेको सन्देश आफ्ना नागरिकहरूलाई दिइएको हो ।
चीनबाट प्राप्त सिनोफर्म खोप पाकिस्तानमा दोस्रा पटक पठाइएको र खोपरहेका गाडीहरूलाई पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले रावलपिंडीको नूर खान एयरबेसमा बुझेका तस्बीरहरू पाकिस्तानी समाचार संस्थाहरूले महत्वका साथ सम्प्रेषण गरेका छन् । पाकिस्तानमा सिनोफर्मद्वारा विकास गरिएको उक्त खोप मात्र उपलब्ध छ । यस अघि, चीनले फेब्रुअरी १ मा पाकिस्तानलाई सिनोफर्मका पाँच लाख मात्रा कोभिड–१९ विरूद्धका खोप दिएको थियो ।
उक्त खोपलाई पहिलो चरणमा अग्र पङ्तीमा कामगर्ने कर्मचारीलगायत जोखिम देखिएका अन्य नागरिकहरूलाई पहिलो मात्रा दिइएको छ । पाकिस्तानमा बिहीबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ६१ लाख पाच हजार ८१० रहेको पुष्टि गरिएको छ भने १३ हजार ७१७ सङ्क्रमितको मृत्यु भएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस