गैसस भक्तपुरमा न्यौपाने
गैरसरकारी संस्था महासङ्घ जिल्ला शाखाको सातौँ जिल्ला अधिवेशनले नारायण न्यौपानेको अध्यक्षतामा शाखाको अध्यक्षसहित पदाधिकारी निर्वाचित गरेको छ ।
बिहीबार सम्पन्न अधिवेशनमा जिल्ला शाखाको अध्यक्षमा उम्मेदवारी दिएका प्रत्यासी उम्मेदवार जयराम थापालाई गोप्य मतदान प्रक्रियाबाट हराउँदै न्यौपाने अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक एवं गैसस महासङ्घका केन्द्रीय सदस्य बालमुकुन्द सुवालले जानकारी दिए ।
संस्थाको उपाध्यक्षमा अनिता पाण्डे, सचिवमा रमेश गिरी, कोषाध्यक्षमा पहलमान श्रेष्ठ र उपसचिवमा विजयप्रसाद धौभडेल निर्वाचित भएको छ । त्यस्तै सदस्यमा दिपेश बिसुङ्खे, सुशीला चौलागाईँ, जयराम पक्का नेवार, हरिशरण बाँस्तोला र मनिषा लामिछाने निर्वाचित भएको सुवालले जानकारी दिए । निर्वाचित टोलीले सपथग्रहण, प्रमाणपत्र प्रदान एवं पदभार ग्रहण गरेको उनले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस