१५ दिनका लागि बन्द
पर्वत जिल्ला कुश्मा बजारसँग जिल्लाका विभिन्न भाग जोडिने सिल्मी–ठूलीपोखरी–कार्किनेटा सडकमा १५ दिनका लागि सवारी आवागमन बन्द गरिने भएको छ ।
अधिकांश ठाउँमा कालोपत्र र सडकका केही ठाउँमा ढलान गर्नुपर्ने भएकाले यही चैत ८ देखि २३ गतेसम्म सवारी आवतजावत पूर्णरूपमा बन्द गरिने भएको हो । पूर्वाधार विकास कार्यालयले आरसिसी ढलानको काम हुने र सवारी आवतजावत गर्दा ढलान भत्कने तथा क्षतिग्रस्त हुने भएकाले सवारी साधन सञ्चालन गर्न नमिल्ने जनाएको छ ।
पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी गौरवदास बैरागीले सडकको गुणस्तर नबिग्रियोस भनेर पूर्णरूपमा सवारी आवजावत बन्द गरिने जानकारी दिए । उक्त अवधिमा वैकल्पिक बाटो प्रयोग गर्न कार्यालयले सुझाव दिएको छ । सडक बन्द हुँदा पकुवा, आर्थर, ठूलीपोखरी, कार्किनेटा, थापाठाना, खौलालाकुरीलगायतका क्षेत्रका यात्रुलाई समस्या पर्ने भएको छ ।
सडक बन्द हुँदा सिल्मी हुँदै साइकलचोक–गहतेपोखरा–लाम्पाटा–ठूलीपोखरी सडक प्रयोग गर्न सकिने छ । उक्त सडक केही किलोमिटर लामो भए पनि गुणस्तरीय रहेकाले सोही मार्ग प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस