अमेरिकामा फेरि अर्का नेपाली चालक यात्रुबाट कुटिए(भिडियो)
अमेरिकाको न्युयोर्कमा फेरि अर्का नेपाली लिफ्ट चालक कुटिएका छन् । बाग्लुङ स्थायी घर भएका ३० वर्षीय लिफ्ट चालक आशीष सापकोटा मंगलबार साँझ न्युयोर्कको क्वीन्समा कुटिएका हुन् । दुईजना यात्रुलाई ‘पिकअप’ गरेर क्वीन्सको जमैकातर्फ जाँदै गर्दा सापकोटामाथि आक्रमण भएको हो । यसअघि सानफ्रान्सिस्कोमा नेपाली उवर चालक शुभाकर खड्कामाथि महिला यात्रुहरूले आक्रमण गरेको घटना बाहिर आएको थियो ।
एकजना पुरुष र एकजना महिला गाडीमा बसेपछि एक-आपसमा झगडा गर्न लागेको र पुरुषले महिलालाई कुटपिट गर्न थालेपछि असुरक्षित महसुस गरेर सापकोटाले ९११ मा कल गरी प्रहरी बोलाएका थिए ।
त्यसपछि पुरुष यात्रुले फोन खोसेर सापकोटामाथि आक्रमण गरेका हुन् । ती यात्रुले चालक सापकोटामाथि कुटपिट गरे । त्यसपछि एम्बुलेन्समार्फत सापकोटालाई न्युयोर्कस्थित जमैका अस्पताल लगिएको थियो । सापकोटाको मुख र कानमा चोट लागेको छ । सापकोटाले अमेरिकामा एक महिनादेखि लिफ्ट चलाउँदै आएका थिए ।
चालक सापकोटाको उजुरी न्युयोर्क प्रहरीमा पुगेपछि अहिले प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।
https://twitter.com/i/status/1372307944306528260
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस