स्थानीय पाठ्यक्रम बनाउने तयारीमा बन्दीपुर
तनहुँको बन्दीपुर गाउँपालिका स्थानीय पाठ्यक्रम निर्माणका लागि जुटेको छ । आगामी शैक्षिक सत्र २०७८ मा लागू गर्ने गरी बन्दीपुरले स्थानीय पाठ्यक्रम निर्माणको तयारी गरेको हो । पाठ्यक्रम निर्माणका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिमा विभिन्न विद्यालयका प्रधानाध्यापक र समाजसेवी सदस्य रहेको छ ।
आफ्नै पाठ्यक्रम निर्माण गरी आगामी शैक्षिक सत्रबाट लागू गर्ने नीतिअनुसार अहिले काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । गाउँपालिकाभित्रका आर्थिक, सामाजिक, जातीय, सांस्कृतिक, धार्मिक, पर्यटकीय, ऐतिहासिक, कृषिलगायत क्षेत्रलाई समेटेर पाठ्यक्रम निर्माण गर्न लागिएको उनले बताए ।
गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सबै गाउँपालिकावासीको भावना समेटिने गरी पाठ्यक्रम निर्माण गरिने बताए । पाठ्यक्रम निर्माणका क्रममा सबै क्षेत्रको सुझाव समेटिने उनले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस