मोटरसाइकल दुर्घटनामा १५ वर्षीय किशोरको मृत्यु
सप्तरीको राजविराज नगरपालिका–१५ मा भएको मोटरसाइकल दुर्घटनामा घाइते चालकको आज मृत्यु भएको छ । राजविराज नगरपालिका–१५ खाँडो पुल नजिक राजविराज–हनुमाननगर सडकखण्डमा भएको दुर्घटनामा घाइते मोटरसाइकल चालक तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने १५ वर्षीय विवेककुमार मण्डलको मृत्यु भएको हो ।
मोटरसाइकल पछाडि सवार हनुमाननगर कङ्कालिनी नगरपालिका–१० इनर्वा बस्ने १५ वर्षीय कौशल मण्डल घाइते भएका छन् । राजविराजबाट हनुमाननगरतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते दुवै जनालाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज भर्ना गरिएको थियो ।
उपचारका क्रममा मोटरसाइकल चालक विवेकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते कौशलको टाउको र छातीमा चोट लागेको छ । उनको समेत अवस्था गम्भीर भएपछि उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस