घुस लिएको अभियोगमा पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगरमा कार्यरत फार्मेसी अधिकृत सरोज सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सरकारी वकिल कार्यालय तेह्रथुमबाट माग भइ आएको राय पठाई सिल भएको फार्मेसी पसल खोलिदिने प्रयोजनका लागि सेवाग्राहीसँग रु दुई लाख घुस माग गर्दै गरेको अवस्थामा आयोगको टोलीले सुवेदीलाई केही दिन पहिले पक्राउ गरेको थियो ।
आयोगले आरोपी सुवेदीविरुद्ध बिगो अनुसारको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । यस्तै, आयोगले आजै सशस्त्र प्रहरी बल वेस क्याम्प गैडहवा रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र प्रहरी नायब निरीक्षक राजेश पासीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सेवाग्राहीको फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै उनीहरूले सेवाग्राहीसँग रु ५० हजार घुस मागेको अभियोग लागेको छ । उनीहरूविरुद्ध बिगो अनुसारको कारवाहीको माग गरिएको आयोगले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस