सेनाका शिक्षक र शिक्षार्थीको बङ्गलादेश र पाकिस्तान भ्रमण
शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष, शिक्षक र शिक्षार्थीसहितको टोलीले बङ्गलादेश र पाकिस्तानको अध्ययन भ्रमण गरेको छ ।
उक्त कलेजमा सञ्चालित सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृत टोलीले साताव्यापी भ्रमण पूरा गरी स्वदेश फर्केको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीको नेतृत्वमा ४० बङ्गलादेश तथा मुख्य शिक्षक महासेनानी विमलराज शर्माको नेतृत्वमा ४७ को टोली पाकिस्तान अध्ययन भ्रमणमा गएको थियो । ती टोलीले तत् मुलुकका स्थल, जल र हवाई सेनाका निकाय, महत्वपूर्ण औद्योगिकस्थल एवं समकक्षी कलेजको भ्रमण गरेको थियो ।
वार्षिकरूपमा हुने यस्ता भ्रमणले ती मुलुकका जल, थल तथा वायु सेनाको युद्धकलालगायतका नवीनतम प्रविधि प्रयोगबारे अवलोकनको अवसर मिल्दै आएको सेनाले जानकारी दिएको छ । भ्रमणबाट शिक्षार्थीलाई समसामायिक सैनिक विषयमा ज्ञान हासिल गर्नका साथै सैन्य कूटनीतिमा समेत सकारात्मक प्रभाव पर्ने सेनाले विश्वास लिएको छ ।
file phato
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस