एडिएसएल सेवाले काम नगर्दा
शनिबार साँझदेखि जिल्ला सदरमुकाम सिमकोटमा एडिएसएल सेवाले काम नगर्दा इन्टरनेट प्रभावित भएको छ । एडिएसएफ सेवा नहुँदा इन्टरनेट नभएर सेवाग्राहीलाई समस्या बनाएको छ । दैलेख र कालिकोटको बीचमा रहेको महाँबु लेकमा रहेको टावरमा खराबी आउँदा एडिएसएल सेवा सञ्चालनमा नआउँदा इन्टरनेट सेवा प्रभावित भएको नेपाल टेलिकम शाखा हुम्लाका प्रमुख शिवप्रसाद भट्टराईले जानकारी दिए ।
इन्टरनेट सेवा नहुँदा जिल्लामा सञ्चालित एक दर्जन बैंक तथा वित्तीय संस्थाको कार्य सञ्चालनमा बाधा पुगेको छ । साथै सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयको काममा समस्या आएको छ । राष्ट्रिय वाणिज्य बैंकले भिस्याट सेवाबाट आफ्नो सेवा सञ्चालन गरेको भए पनि इन्टरनेट सेवा ढिलो गरी चल्ने हुँदा थप समस्या बनाएको छ । यस्तै जिल्लामा सञ्चालित अन्य बैंक तथा वित्तीय संस्थाको काम प्रभावित बनाएको छ ।
राष्ट्रियस्तरका मिडियामा जोडिएका जिल्लामा रहेर काम गर्ने सञ्चारकर्मीले शनिबार साँझदेखि समाचार सम्प्रेषण गर्न नपाएको भन्दै गुनासो गरेका छन् । शनिबार साँझदेखि काम गर्न छोडेको नमस्ते टेलिफोन सेवा आइतबारबाट सञ्चालनमा आएको भए पनि राम्रोसँग काम गर्न सकिरहेको छैन । महाँबु लेकमा प्राविधिकले मर्मत जारी राखेको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस