भिरबाट लडेर बालिकाको मृत्यु
भिरबाट लडेर अछामको बान्निगढी जयगढ गाउँपालिका–६ दर्ना चन्डालीकी ७ वर्षीया बालिका आयुशा ठकुल्लाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार आज बिहान ८ः३० बजे बिद्यालय जाँदै गरेको अवस्थामा भिरबाटो भन्ने ठाउँबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।
गम्भीर घाइते भएकी बालिकालाई प्रहरी टोलीले उद्धार गरी बयलपाटा अस्पताल लैजाने क्रममा बीचबाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बालिका भिरबाट करीब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस