बिगुमा निः शुल्क स्वास्थ्य शिविर
दोलखामा निः शुल्क स्वास्थ्य शिविर दिइएको छ । बिगु गाउँपालिका–८ स्थित थामीचागुमा मिलीजुली कालिञ्चोक सकोसको सेवा केन्द्रबाट निः शुल्क स्वास्थ्य शिविर दिइएको हो ।
विदेशबाट पठाएको रकम लिन नागरिकलाई सजिलो बनाउने उद्देश्ले सो सेवा केन्द्र स्थापना गरिएको संस्थाले जनाएकोे छ । जिल्लाको विपन्न बस्तीमा सकोसले स्त्री रोग परीक्षण शिविरसमेत समेत राखेको छ ।
चरिकोट अस्पतालका महिला रोग विशेषज्ञ चिकित्सक चन्दु सापकोटा सहितका टोलीले शिविरमा ६० महिलाको स्वास्थ्य जाँच गरी निःशुल्क औषधि वितरण गरेको छ । बिगु गाउँपालिकाका उपाध्यक्ष सञ्जीव ओलीले सहाकारीले विपन्न नागरिकको स्वास्थ्य सेवाका उदाहरणीय काम गरेको बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस