साढे दुई महिनादेखि बेपत्ता व्यक्ति मृत भेटिए
जिल्लाको उत्तरपूर्वी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३२ वर्षीय सौरे ल्वारको बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्थामा शव फेला परेको छ । गत पुस १६ गतेदेखि बेपत्ता भएका ल्वारको मङ्गलबार कर्णाली नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।
छोराछोरीको बाल पोषण भत्ताको खाता खोल्न भनी गाउँपालिकाको केन्द्र वाई सुइजिउला आएका ल्वार बेपत्ता भएका हुन् । बेपत्ता ल्वारको विभिन्न ठाउँमा खोजी गरे पनि कतैबाट पत्ता नलागेको र खोजी गर्दै जाँदा दुई महिनापछि शव नदी किनारमा भेटिएको आफन्त राजेन्द्र विश्वकर्माले बताए ।
स्वामीकार्तिकको हिमालयन बैंकमा खाता खोल्नका लागि घरबाट आएका ल्वार बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्था फेला पारेको इलाका प्रहरी कार्यालय कोल्टीका प्रमुख प्रहरी नायब निरीक्षक वीरसिहं ठगुन्नाले जानकारी दिएका छन् ।
स्वामीकार्तिक खापर–२ को भुकाहाँखोला नजिकै कर्णाली नदीमा तैरिरहेको अवस्थामा ल्वारको शव फेला परेको उनले बताए । खोलामा माछा मार्न गएका व्यक्तिले नदीमा शव देखेपछि स्थानीयवासीलाई खबर गरेको प्रहरी निरीक्षक ठगुन्नाको भनाइ छ ।
घटनास्थलमा देखिएको शङ्कास्पद शवलाई आफन्तद्वारा पहिचान गराइएको प्रहरीले जनाएको छ । बेवारिसे शवलाई नदीको किनारा ल्याएर हेर्दा नागरिकताबाट मृतक ल्वारको पहिचान भएको प्रहरी निरीक्षक ठगुन्ना बताउँछन् । घटनास्थल पुगेका आफन्त र प्रहरीले शवलाई हेर्दा पाइन्टको खल्तीमा पानीले भिजेको अवस्थामा भेटिएको नागरिकताबाट मृतक ल्वार भनी पहिचान भएको हो । प्रहरीले घटनास्थमा पुगेर मुचुल्का तयार गरी मृतक ल्वारका आफन्तलाई शव बुझाई दाहसंस्कारका लागि जिम्मा लगाएको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस