• जीवनशैली | Jiwanshaili
  • नेपाल टेलिकमको फाइभजी सेवा निशुल्क


    सरकारले नेपाल टेलिकमलाई फाइभजी सेवाको परीक्षण गर्न निशुल्क फ्रिक्वेन्सी उपलब्ध गराउने भएको छ ।

    रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको हालैको बैठकले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाई फाइभजी सेवाको परीक्षण गर्न फ्रिक्वेन्सी दस्तुर पूर्ण छुट दिने निर्णय गरेको छ। अब नेपाल टेलिकमले आफूले गर्ने फाइभजी नेटवर्कको परीक्षणमा प्रयोग हुने फ्रिक्वेन्सीको लागि सरकारलाई कुनैपनि किसिमको दस्तुर वा राजश्व तिर्नुपर्ने छैन ।

    यस बापतमा भने कम्पनीले आफ्नो फाइभजी सेवा निशुल्क उपलब्ध गराउनु पर्नेछ । फाइभजी सेवाको परीक्षण भएको समयअवधिभर निशुल्करुपमा फाइभजी सेवा नेपाल टेलिकमका ग्राहकहरुले प्रयोग गर्न पाउने भएका छन् ।

    नेपाल टेलिकमले फाइभजी सेवाको परीक्षणको लागि प्रयोग गर्ने फ्रिक्वेन्सी भने नेपाल दूरसञ्चार प्राधिकरणले उपलब्ध गराउनुपर्नेछ । यस्तो फ्रिक्वेन्सी दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी नीति २०७३ अनुसार उपलब्ध गराउनुपर्ने समितिले निर्णय गरेर प्राधिकरणलाई निर्देशन दिएको छ । तर नेपाल टेलिकमले फाइभजी सेवाको परीक्षण गर्दा परीक्षण अवधि केवल १ वर्षसम्म मात्र हुने भएको छ।


    क्याटेगोरी : प्रविधी शैली, समाचार

    प्रतिक्रिया दिनुहोस