सिरक डसना उद्योगमा आगलागी
चितवनमा सिरक डसना उद्योगमा आज बिहान आगलागी भएको छ । भरतपुर महानगरपालिका–६ मा राजेन्द्रप्रसाद मल्लले सञ्चालन गरेको सिरक डसना उद्योगमा आज बिहान विद्युत् चुहिएर आगलागी भएको हो ।
आगलागीबाट कपास निर्माणका लागि ल्याइएका पुराना कपडा र यन्त्रमा क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट रु सात लाख बराबरको क्षति भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । बिहान ९ बजे आगलागी भएको र ९ः३० मा नियन्त्रणमा आएको बताइएको छ । आगो स्थानीयवासी, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस