• जीवनशैली | Jiwanshaili
  • गुगलमा सेभ गरिएको कन्ट्याक्ट नम्बर डिलिट भए रिस्टोर गर्न सिक्नुहोस्


    मोबाइल सेट र सिमकार्डमा सीमित सम्पर्क नम्बरमात्रै सेभ गर्न सकिने भएकाले हामीमध्ये धेरैले गुगल कन्ट्याक्टमा मोबाइल नम्बर सेभ गरेर राखेका हुन्छौ । समय समयमा हामिले मोबाइल सेट परिवर्तन गरिरहदाँ ती नम्बर हराउछन् ।

    मोबाइल हराएमा कम्प्युटर तथा ल्यापटपमार्फत पनि कन्ट्याक्ट नम्बरमा एक्सेस गर्न सक्ने भएकाले पछिल्लो समय गुगल कन्ट्याक्ट सबैको रोजाइमा परिरहेको छ ।

    यदि गुगलमा सेभ भएका नम्बर हराएको वा डिलिट भएको खण्डमा रिस्टोर गर्न यी तरिका अपनाउनुहोस् ।
    सुरुमा तपाईंले गुगलमा सेभ गरेर राख्नुभएको कन्ट्याक्ट नम्बरलाई कसरी फाइलमा एक्सपर्ट गर्ने सिक्नुहोस् ।

    • सुरुमा फोन खोल्नुहोस र गुगलको कन्ट्याक्ट एप खोल्नुहोस् ।
    • दाँया साइडको माथि रहेको मेन्युमा क्लिक गर्नुहोस् ।अब सेटिङ अप्सनमा क्लिक गरी म्यानेज कन्ट्याक्ट सेक्सनमा रहेको ‘एक्सपर्ट’ मा क्लिक गर्नुहोस् ।
    • कुन गुगल अकाउन्टमा भएको कन्ट्याक्ट नम्बर एक्सपर्ट गर्ने हो छनोट गुर्नहोस् ।
    • अब अन्त्यमा ‘एक्सपर्ट टु भीसीएफ फाइल’ मा क्लिक गरी कन्ट्याक्ट मोबाइल तथा ट्याब्लेटको स्टोरेजमा सेभ गरेर राख्नुहोस् ।

    गुगलमा भएको कन्ट्याक्टलाई मोबाइलमा फाइलको रुपमा सेभ गरिसाकेपछि कन्ट्याक्ट नम्बर ब्याकअप गर्ने तरिका सिक्नुहोस् । ब्याकअपका लागि सुरुमा मोबाइल सेट अन गर्दा नै गुगलले ब्याकअपका लागि सोध्ने गर्छ ।
    यदि ब्याकअप अन भएको छैन भने सेटिङमा गएर पनि ब्याकअप अन गर्न मिल्दछ ।
    • सुरुमा मोबाइलको ‘सेटिङ’ खोल्नुहोस् ।
    • अब त्यहाँ ‘सिस्टम’ मा क्लिक गरी ‘ब्याकअप’ मा क्लिक गर्नुहोस् ।
    • अब ‘ब्याक अप टु गुगल ड्राइभ’ मा क्लिक गरी ब्याकअप अन गर्नुहोस् ।

    अब ब्याकअप गरेर राखेको कन्ट्याक्ट नम्बरलाई ‘रिस्टोर’ गर्ने विषयमा जानकारी लिनुहोस् ।
    • सुरुमा मोबाइलको फोन सेटिङ खोल्नुहोस् ।
    • सेटिङभित्र रहेको ‘गुगल’ मा क्लिक गर्नुहोस् ।
    • अब त्यहाँ रहेको ‘सेट अप एण्ड रिस्टोर’ मा क्लिक गर्नुहोस् ।
    • त्यहाँ ‘रिस्टोर कन्ट्याक्ट’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।
    • यदी मोबाइलमा एक भन्दा बढी गुगल अकाउन्ट लग इन छ भने गुगल अकाउन्ट छनोट गरी त्यसमा भएको कन्ट्याक्ट नम्बर रिस्टोर गर्न त्यहाँ सुरुमा रहेको ‘फ्रम कन्ट्याक्ट’ मा क्लिक गर्नेबित्तिकै डिभाइसमा लग इन भएका गुगल अकाउन्टहरू देखा पर्नेछन् । त्यसमध्ये कुन अकाउण्टको रिस्टोर गर्ने हो छनोट गर्नुहोस् ।
    • अब त्यहाँ रहेको ‘कन्ट्याक्ट टु कपी’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।
    • यदि सिमकार्ड र मोबाइल सेटमा रहेको कन्ट्याक्टलाई कपी नगर्ने हो भने सिमकार्ड र डिभाइस स्टोरेजलाई अफ गरी रिस्टोर गर्न ‍सकिन्छ ।


    क्याटेगोरी : प्रविधी शैली

    प्रतिक्रिया दिनुहोस