गोरु काटेको अभियोगमा पक्राउ
गोरु काटेको अभियोगमा ढोरपाटन नगरपालिका–८ का पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ढोरपाटन –८ भित्ताटोलका ४९ वर्षीय मनबहादुर विक, ४४ वर्षीय नन्दराम विक, ३८ वर्षीया पुनी विक, २६ वर्षीया मीना विक र ढोरपाटन –२ घर भई हाल वडा नं ८ भित्ताटोल बस्ने ३६ वर्षीय हरि परियार रहेका छन् ।
सुराकीका आधारमा घटनास्थलमा पुगेको प्रहरी चौकी ढोरपाटनको टोलीले उनीहरुलाई गोरुको मासुसहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक इग्वाल हवारीले जानकारी दिए। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याई अनुसन्धान थालिएको उनले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस